बाराको कलैया उपमहानगरपालिका वडा नं.४ स्थित हजारी मार्केटको माथिलो तल्लामा सञ्चालीत शाह गेष्टबाट जुवा खेली रहेको अवस्थामा पाँच जना जुवाडीलाई जिल्ला प्रहरी कार्यालय बाराको टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने वर्ष ४० को भोला पटेल कलैया वडा नं.१ बस्ने वर्ष ३९ को सुरेन्द्र साह सोनार । वडा नं.६ बस्ने वर्ष ४५ को राजकिशोर साह ,वडा नं.२७ बस्ने वर्ष २७ को मन्तोष राउत कुर्मी र महागढीमाई न.पा.वडा नं.१ बस्ने वर्ष ५५ को पारस चौधरी रहेको प्रहरीले जनाएको छ ।

बिशेष सूचनाका आधारमा सोमवार राती जिल्ला प्रहरी कार्यालय बाराबाट खटिको प्रहरी टोली उक्त गेष्टहाउसमा पुगी घेराबन्दी गरी सर्च गर्दा उक्त गेष्ट हाउसको कोठा नम्बर २०२ भित्र जुवा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनीहरु संग जुवा खालबाट नगद तीन लाख चौध हजार तीन सय सन्ताउन र १६ थान कौडा बरामद भएको थियो । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीकार्यालयको हिरासतमा राखी थप अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराएका छन् ।