जिल्ला प्रहरी कार्यालय, बाराले लेनदेन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिकको बहुअरी गा.बि.स.–४ हाल परवानिपुर गाउँपालिका–५ बस्ने ५८ वर्षीय चक्रपती प्रसाद यादव छन् ।

हिजो इलाका प्रहरी कार्यालय, परवानीपुरबाट प्रहरी नायब निरीक्षक उपेन्द्र साहको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।

बारा जिल्ला अदालत कलैया बाराले लेनदेन मुद्धामा उनलाई उनलाई दोषी ठहर गर्दै २०६८ असार १२ गते १ वर्षको कैद सजाय तोकेकोमा उनी फरार भएका थिए ।

फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित अमृत कम्पनीको नजिकबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।