आगोले पालेर घाईते भएकी बाराकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ७५ वर्षीय रामसवारी देवी कानु छिन् ।

हिजो मध्यान्ह १२ बजे आफ्नै घरमा आगो ताप्ने क्रममा अचानक लडेर उनी घाईते भएकी थिईन् ।

घाईते कानुको बिरगंजस्थित नारायणी अस्पतालमा उपचार भईरहेकोमा उपचार कै क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।