बारा प्रहरीले अवैध घरेलु मदिासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका–१५ भिष्वा बस्ने २९ वर्षीय निरज सिंह छन् ।

हिजो साँझ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय, प्रसौनीबाट प्रहरी नायव निरीक्षक नन्दलाल साहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलिले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले गस्ती गर्दै जाने क्रममा बारा परवानीपुर गाउँपालिका–५ बहुअरीमा परवानीपुरबाट बिरगंज आउँदै गरेको ना.२ ह.५९०७ नम्बरको अटोलाई चेकजाँच गरेको थियो । सोही क्रममा अटोमा प्रहरीले प्लाष्टीकको झोलाभित्र लुकाई छिपाई लैजादै गरेको ३१५ लिटर तयारी घरेलु मदिरा बरामद गरेको हो ।

मदिरासहित पक्राउ परेका सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिरुले जानकारी दिए ।