सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

नेता नेपालले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तुरुन्त फिर्ता लिनुपर्ने बताए ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको हो भने त्यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हुनेछ । यो कदमको देशव्यापी रुपमा सबैले निन्दा र भर्त्सना गर्नेछन् ।’, उनले भने ।

उनले यो पार्टीका निम्ति दुर्भाग्यको कुरा हुने बताए ।