नेपाली कांग्रेस पर्साले धोबिनी गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २ सयभन्दा पनि बढी पार्टी प्रवेश गरेका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ भिखमपुर गाउँमा कांग्रेस पर्सा क्षेत्र नम्बर ४ को कमिटिले आयोजना गरेको कार्यक्रममा जनता समाजवादी पार्टी र नकेपा परित्याग गरी अनिल चौहानको नेतृत्वमा २ सय ५१ भन्दाबढीले नेपाली कांग्रेस प्रवेश गरेका हुन् ।

चौहानले जनता समाजवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन् । उनी उक्त क्षेत्रका प्रभावशाली नेता मानिन्छन । पार्टी प्रवेश गर्नेहरुमा जसपाका जिल्ला सदस्य नवलेस राम, नेकपाका आमन मियाँ धोवी, चंनर रामलगायत रहेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले संघ र प्रदेश २ को सरकारसँग जनता पूर्ण रुपले असन्तुष्ट रहेको बताए । जनतालाई विकासको नाममा स्वागत द्वारा र धर्मशाला निर्माण गरेर नेकपा र जसपाका जनप्रतिनिधिहरुले ठगिरहेको उनले आरोप समेत लगाएका थिए ।

त्यसैगरी कांग्रेसका जिल्ला सदस्य नविन सिंहले भारत-नेपाल बीच रहेको सदियौँ पूरानो सम्बन्धलाई असर पार्ने गरी बन्द रहेको सिमानाका सकरारले छिटोभन्दा छिटो खोल्नुपर्ने धारणा राखेका थिए । सिमानाका बन्द हुँदा तराईमा बसोबास गर्ने मधेसी समुदायको भारतसँग रोटि बेटीको सम्बन्धमा आँच आएको बताए ।

नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का बुथ सभापती रामाशिष राउत कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा
प्रदेश सभासदस्य संकर चौधरी, महासमितिका सदस्य बशिष्ठ नारायण कुर्मी, क्षेत्रीय सभापति रमेश पाण्डे, वृहसपती श्रेष्ठलगायत पार्टी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।