प्रदेश सांसद कुन्दन कुशवहाले आज मौलापुरमा आयोजित पत्रकार सम्मेलनमा पतौराको पुरातात्वकि महादेव मन्दिरमा प्रदेश–२ सरकारले ध्यान नदिएको आरोप लगाएका छन् ।

हजार वर्षभन्दा पुरानो तथ्य भेटिएको अवस्थामा पनि प्रदेश सरकारसहित अन्य पक्षले पनि सो मन्दिरप्रति ध्यान नदिएकोमा बिधायक कुशवाहाले दुख व्यक्त गरेका छन् । मौलापुर नगरपालिकाले आफ्नो तहबाट गर्न सक्ने प्रयास गरेको भएपनि त्यसले नपुग्ने बताउदै विधायक कुशवहाले संघ र प्रदेशले साथ दिनु पर्ने बताए । माथिल्लो सरकारले साथ नदिएसम्म मन्दिरलाई विश्व स्तरमा पुर्याउन गार्हो हुने समेत उनले बताए । सो मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन सकिने खालको प्रमाणहरु हुँदा पनि राज्य वेखबर भएजस्तो गरि प्रस्तुत भईरहेकोछ ।

संघ तथा प्रदेश सरकारले सानातिना मन्दिरहरु बनाउन बजेट व्यवस्था गर्ने गरेको तर ऐतिहासिक एवम् पुरातात्विक महत्वको पतौरा मन्दिरलाई वेवास्ता गरेको उनले बताए । कुशवाहाले भने, ‘पतौरा महादेव मन्दिर हाम्रो धर्तीको गौरव हो । मौलापुरको मात्र नभई सिंगो देशको एक महत्वपूर्ण धार्मिक पर्यटकीय केन्द्र बन्दै गएको हो । यस मन्दिरको प्रवर्द्धन र विकासको लागि हामीले विभिन्न प्रयास गरिरहेका छौँ । तर ‘अतिथि देवो भवः’ मान्ने हाम्रो समाजमा अतिथिमाथि दुर्व्यवहार गर्नेलाई सराहना गर्ने प्रवृत्ति, बच्चा जन्मेको खुशी भन्दा प्रसुतिको रगतमा दुखी हुने प्रवृत्ति र राजनीतिक प्रतिस्पर्धा गर्नुभन्दा अरुको चरित्र हत्या गरेर आफुलाई सर्वश्रेष्ठ देखाउने प्रवृतिहरू छ त्यसलाई पहिला गर्नुपर्छ अनि मात्र पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई नमुना पर्यटकीय स्थल बनाउन सकछौ ।’

संघ सरकारले सो मन्दिरलाई सय पर्यटकीय गन्तव्यको रुपमा सुचीकृत गरेको छ । भगवान शिवको उक्त मन्दिरमा पछिल्लो समय नेपाल तथा भारतीय भक्तालुहरुको व्यापक रुपमा भिड हुने गरेको छ । केही समय अघि बेलायती अन्वेषण टोलीले त्यहाँ विशेष अवशेष भेटाएका थिए । कोरोना महामारी आएपछि त्यसको विस्तृत् प्रतिवेदन आउन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा अपडेट
लोकप्रिय