आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९०० रुपैयाँले गिरावट आएको हो ।
आज छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।