श्रोत नखुलेको २५ लाख ३५ हजार नेपाली रुपैया सहित दुई जना भारतियलाई बारा प्रहरीले पक्राँउ गरेका छन् ।

बी आर ०५ के ०७९८ नम्बरको भारतिय मोटरसाईकमा सवार ब्यतिmहरु माथि शंका लागेपछि कलैया उपमहानगरपालिका वडा नम्बर ८ बरेवा कलैया मटियर्वा सडकखण्डमा चेकजाच गर्दा डिकीमा लुकाई राखेको नेपाली रुपैया सहित ती दुईलाई पक्राँउ गरिएको प्रहरी निरिक्षक सुरेन्द्र यादवले जानकारी दिए ।

पक्राँउ पर्नेहरुमा भारत बिहार पुर्वी चम्पारण ग्राम पंन्चायत नरकटिया वडा नम्बर ७ टोल नरकटिया निवासी चन्द्रशेखर प्रसाद र मोसामा पछाडी सवार सोहि ठाँउ निवासी संजय कुमार रहेको प्रहरी उपरिक्षक दिपेन्द्र कुमार शाहीले बताए ।

उनीहरुको साथबाट स्रोत नखेलेको रु १ हजारको १७७२ थान, रु ५ सय दरको १५२३ थान रुपैया गरि जम्मा २५ लाख ३५ हजार सहित पक्राँउ गरिएको थियो प्रहरी उपरिक्षक शाहीले भने ।

प्रहरी स्रोतका अनुसार हुन्डी कोरोवारी हुन सक्ने अनुमान रहेको बताएको छ । उनीहरुलाई अदालतबाट म्याद लिई थप अनुसंन्धान भईरहेको उपरिक्षक शाहीले जानकारी गराए ।

पक्राँउ परेका ती दुईलाई सम्पति शुद्धिकरण बिभाग काठमाडौमा पठाउने उपरिक्षक शाहीले बताए । पक्राँउ परेका ती दुईको हकमा बिगोको दोब्बर र २ बर्ष देखि १० बर्ष सम्मको जेल सजाय हुने ब्यवस्था रहेको पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा अपडेट
लोकप्रिय