नेपाल र भारत बिच रहेको संन्तगंज सिमा नाका खुलाउने स्थानिय ज्ञानचन्द्र प्रसाद यादवले थालेको आमरण अनसन बुधवारदेखि तोडिएको छ ।

पाचौ दिन प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जुस पिलाएर यादवको आमरण अनसन तोडनु भएको छ ।

बिहेबारी, बिरामीहरुलाई बोक्ने गाडी जान दिने,साईकल,मोटरसाईकल र पैदल यात्रीहरुलाई जानमा कुनै रोक नलगाउने सहमति प्रमुख जिल्ला अधिकारी नेपालले गरेपछि अनसन तोडिएको यादवले जानकारी दिनुभयो ।

सर्वसधारणका लागि गाडी खुल्ला गर्नका लागि मन्तालयलाई लिखित जानकारी दिईसकेको र नाका खोलाउनका लागि स्थानिय प्रशासनको तर्फबाट तत्पर रहने प्रमुख जिल्ला अधिकारी नेपालले प्रतिवद्धता ब्यतm गर्नुभएको थियो ।

सुवर्ण गाँउपालिका वडा नम्बर २ संन्तगंज नाकामा फागुन ८ गते देखि आमरण अनसन यादवले थाल्नुभएको थियो । नेपाल र भारत बिच शदियौ देखि चली आएको रोटी बेटीको सुमधुर सम्बन्धका कारण दुवैतिरको बोर्डरहरुमा सहज आवतजावतका लागि कुनै अवरोध रहेको थिएन । तर कोभिड १९ को संक्रमण संसारमा तिब्र रुपमा फैलिन थालेपछि नेपाल र भारतको सिमाहरु बन्द गरिएको थियो ।

संन्तगंज नाका नखोलिदा यस क्षेत्रका नागरिकहरुलाई निकै सास्ती भोग्नु परेको छ । यो भन्दा अगाडी माघ २४ गते देखि २७ सम्म जारी रिले अनसन समेत गर्नुभएको थियो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य राधेचन्द्र यादव, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, प्रहरी उपरिक्षक दिपेन्द्र शाही समेतको रोहबरमा आमरण अनसन तोडिएको थियो ।

यादव आमरण अनसन बसेको तेस्रो दिन संविधानसभा सदस्य डा. शोभाकर पारजुली, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल मानव अधिकार संगठनका केन्द्रिय सदस्य सिकेन्द्र पासवानले अनसन स्थल पुगी उहाँको अवस्था बुझी संचार माध्यममा समाचार प्रकासित भएपछि सरोकारवालाहरुको ध्यानआकृष्ट भई आमरण अनसन तोडाउन पलह थालेपछि तोडिएको स्थािनय समाजसेवी धु्रर्व यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा अपडेट
लोकप्रिय