सरकारले यातायात क्षेत्रमा काम गर्नेलाई कोरोना (कोभिड–१९) विरुद्धको खोप दिने भएको छ ।

आगामी माघ २३ गतेदेखि हुने क्याम्पेनमा यातायात क्षेत्रमा काम गर्नेहरुलाई समावेश गर्न लागिएको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए ।

अबको क्याम्पेनमा यातायात क्षेत्रमा काम गर्ने, ५५ वर्ष माथिका सबै, विद्यालय तथा विश्व विद्यालयका शिक्षक, शिक्षिका, प्राध्यापक कर्मचारी, सफाईकर्मी, औषधि पसले र प्रयोगशालमा काम गर्नेहरुलाई खोप लगाउने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।

Space for Advertisement

Call us

OFFER