बारामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुधमा नाकामा प्रदर्शन गरिएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्वर १० स्थित मटिअर्वा नाकामा जनता समाजवादी पार्टीले प्रतिगमनको विरुध कार्यक्रम गरेको हो ।

वडास्तरीय विरोध कार्यक्रममा बोल्दै संविधान सदस्य प्रमोद गुप्ताले प्रधानमन्त्री ओली आफनो स्वार्थ पुरा गर्न लिप्त भएको आरोप लगाए ।

विदेशी शक्तिको आडमा ओलीले देशको विकासलाई १० वर्ष पछाडि ढकलेको बताए ।

प्रधानमन्त्रीले चालेको कदम गलत रहेकोले आफुहरुलाई कहिल्यै सहनिय नहुने जानकारी गराए ।

संविधान सभा सदस्य प्रमोद गुप्ताको प्रमुख अतिथ्यमा भएको कार्यक्रममा, प्रदेश सभा सदस्य पारस साह, जसपाका नेता जयप्रकाश साह, जसपाका जिल्ला अध्यक्ष शिवनाथ पटेल लगायत सयौको संख्यामा नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

सशस्त्र प्रहरी सहायक निरिक्षक संजिव कुमार यादवको नेतृत्वमा करिव ७ जनाको टोलीले नाकामा गरिएको प्रदर्शनको निगरानी गरेका थिए ।