सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १२५ सहित कूल संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ ।

साथै पछिल्लो २४ घण्टामा ९० जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयकाअनुसार हाल नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५ सय २१ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितले ज्यान गुमाउनु नपरेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल आजसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या २,०६१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।