जितपुरसिमरा उपमहानगरपालिका-९ स्थित आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझ देखि लागेको आगलागी अझै नियन्त्रणमा आएको छैन ।

विद्युत शर्ट भएर शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । आगलागीलाई नियन्त्रणमा लिनको लागि हिजो सांझ देखि नै वारूण यन्त्रले प्रयास गरिरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिनुभयो ।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगलागी शुरु भएको प्रहरीले जनाएको छ ।

गएराती बारा, पर्सा र मकवानपुरका आठवटा वारुण यन्त्र परिचालन गरिएपनी आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणकालागी अझै चारवटा वारुण यन्त्र परिचालन गरिएको प्रहरी निरीक्षक यादवले जानकारी दिनुभयो ।

अागलागी नियन्त्रणमा आउन नसकेकोले क्षतको विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।