दलित सशक्तिकरण ऐन कार्यन्वयन बारे अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

दलित सरोकार मंन्च नेपाल कनचनरुप नगरपालिका सप्तरीको आयोजनामा ऐनको कार्यन्वयनका अवस्था, चुनौती र अवश्र बिषयक जिल्लास्तरीय अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

दलितको हकहितको लागि बनाईन ऐन कानुनको बागडोर माथिल्लो निकायमा हुने गरेकोले नै अहिले सम्म दलित पछाडि परेको वक्ताहरुले बताएका थिए ।

दलितको नाममा बनाईएको विभिन्न समितीमा दलित वर्गलाई राख्ने गरेको तर निणर्य आफुखुशी गर्ने गरेकोले अहिले पनि दलित वर्ग पिछिडिएको अन्तक्रिया कार्यकममा छलफल भएको थियो ।

अन्तक्रिया कार्यक्रममा पुर्व सहायक मन्त्रि कलावती पासवान, मंन्चका अध्यक्ष एवम पत्रकार भोला पासवानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवान, दलित महिला संघ बाराकी अध्यक्ष किसमति देवी राम, दलित महिला अधिकारकर्मी, आयोजक संस्थाका सुनिल सबरिया, शिक्षक श्रीराम पासवान लगायतकाले ऐन कार्यन्वयनका बिषयमा आउने सक्ने चुनौतीका बारेमा चर्चा गरेका थिए । कार्यक्रमको सञ्चालन सावित्री शर्माले गरेकी थिईन ।

Space for Advertisement

Call us

OFFER