बारामा कम्प्युटर तालिमको आयोजना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ३ को सहयोगमा ६० दिने आधारभुत कम्प्युटर तालिमको आयोजना गरिएको हो ।

विहिवार एक कार्यक्रम बिच उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रहलाद वर्णवालले कम्प्युटर तालिमको उदघाटन गर्दै शिक्षाको विकाससँगै कम्प्युटरको आवश्यक रहेको बताए ।

तालिमका उदघाटन गर्दै अहिलेको युग टेक्नोलोजिको भएकोले वडाको बजेटबाट कम्प्युटर तालिमको सञ्चालन गर्नु सुनमा सुहागा भएको बताए वडाका अल्पसंख्यक, पिछडावर्ग, दलित, एकल महिला लगायतकाहरुले सो तलिमबाट लभान्वित हुने आयोजकले विश्वास लिएको छ ।

तालिममा करिव ४५ जना विधार्थीहरुलाई सहभागि गराईने छ । त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष जलाउदिन मसुरले आफुले पहिला समस्याको पहिचान गरि योजना बनाउने गरेको बताए ।

समाजमा रहेको अति आवश्यक समस्याको समाधान गर्ने आफनो पहिलो प्राथमिकता रहेको बताए । वडामा रहेका मावि विधालयका नियमित अनुगमन समेत आफुले गरिरहेको जानकारी गराए । सोहि अनुरुप कम्प्युटर ज्ञानको आवश्यक रहेकोले विधार्थीहरुको लागि कम्प्युटर तालिमको आयोजना गरेको बताए ।

उदघाटन कार्यक्रममा उपमहानगरका प्रशासकिय अधिकृत प्रहलाद वर्णवाल, वडाध्यक्ष जलाउदिन मसुर, अखिलका दिनेश यादव वडासदस्य लगायत विधार्थीहरुको सहभागिता रहेको थियो ।