बाराको सिमरामा रहेको मालपोत कार्यालयका कामु प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्री बडाल रंगेहात ६ लाख घुस सहित पक्राउ परेका छन् ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ४ स्थित एक जग्गा खरिद विक्रीका क्रममा सेवाग्राहीसँग घुस लिदा लिदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौको टोलीले पक्राउ गरेको हो ।

सेवाग्राहीले दिएको सूचनाको आधारमा अख्तियारले कामु प्रमुख खनाल र लेखापढी व्यवसायी बडाललाई पक्राउ गरि शुक्रवार नै काठमाण्डौ स्थित केन्द्रीय कार्यालयमा लगिने समेत अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले खनाल र बडाललाई बाराको अमलेखगञ्ज स्थित एक होटलबाट शुक्रवार ८ बजे राती रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । यस अघि पनि सोही मालपोतका प्रमुख मदन गुप्ता अख्तियारको नियन्त्रणमा रही छुटेका थिए ।