बृद्ध महिलालाई जबरजस्ती करणी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा कोल्हवी नगरपालिका-८ का ३९ वर्षिय दलबहादुर लामालाई पक्राउ गरेको हो ।

७६ वर्षीय बृद्ध महिलालाई मकै बारीमा लगेर जबरजस्ती करणी गरेको आरोपमा लामालाई पक्राउ गरिएको बाराका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।

लामालाई जिल्ला अदालत बाराबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गराई अनुसन्धान भईरहेको प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।