बारामा जनता समाजवार्टी पार्टीले सरकार विरुद्ध बुधबार मशाल जुलुस प्रदर्शन गरेको छ । संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माँग सहित नाराबाजी गर्दै शनिवार पार्टी कार्यलय कलैयाबाट निस्केको मसाल सहितको रैली नगरको परिक्रममा गरेको थियो ।

सरकार विरुद्ध नाराबाजी गर्दै शहिद चौकमा मसाल सहित पुगेको प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीले विरोधको कार्यक्रममा  बलिरहेको मशाल निभाई हरुतक्षेप गर्दा मुख्य चौकमा केहि बेर तनावको स्थिती सृजना भएको जसपाका नेता उदित गुप्ताले जानकारी गराए ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंँगै जसपाले  विभिन्न विरोधको कार्यक्रम गर्दै आएको छ ।

Space for Advertisement

Call us

OFFER