बाराको महागढीमाई नगरपालिका-१ निवासी ४८ वर्षीय कान्ति देवीको हत्याको आशंकामा ६ जनालाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।

कान्तिको हत्याको आशंकामा ६ जना पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । शंका लागेका केही छिमेकीहरूलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

अहिले हामी अनुसन्धानको शिलशिलामा शंका लागेकाहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौ, डिएसपी मिश्रले भन्नुभयो अब चांडै हत्याराको पता लागिहाल्छ ।

गत आईतबार राति कान्तिको अज्ञात समूहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको थियो।अज्ञात समुहले टाउको र गालामा धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

मृतककी छोरा र छोरी पठनपाठन र कामका लागि काठमाडौं बस्दै आएका थिए भने मृतककी श्रीमान बैजनाथ कुशवाहा घरबाहिर गांउमा गएको बेला अज्ञात समुहले हत्या गरेको थियो ।