बारामा कानु पत्रकार संघ जिल्ला कार्यसमिति चयन भएको छ ।

महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुको प्रमुख आतिथ्य एवम नेपाल पत्रकार महासंघ संघ प्रदेश २ का सदस्य सिकेन्द्र पासवानको बिषेश अपस्थितीमा सम्पन्न भेलाले एभीन्यूज टेलीभिजन एवम राजधानी दैनिक बाराका सववादाता अजय साहको संयोजकत्वमा ८ सदस्यी जिल्ला कार्य समिति चयन भएको छ ।

समितिको उपाअध्यक्षमा नरेश गुप्ता, सचिवमा  श्रीकान्त गुप्ता, सहसचिवमा  रमेश साह, कोषअध्यक्षमा पुजा साह चयन भएको नवगठित अध्यक्ष साहले जानकारी दिए । सदस्यहरुमा अनिल साह, अनिल गुप्ता, रंन्जु साह सर्व सहमत रुपमा चयन भएका छन ।

समितिको सबै पदाअधिकारीहरुलाई उपप्रमुख कानु र महासंघ प्रदेश २ का सदस्य पासवानले संयुतm रुपमा टिका लगाई सम्मान गरेका थिए । अध्यक्ष साह सहित सबै कार्य समितिका पदाअधिकारीहरु सक्रिय रुपमा पत्रकारिता गर्दे आएका छन ।

अध्यक्ष साहले प्रतिक्रिया दिदै पेशा प्रति जवाफदेहितालाई निष्टा पुर्वक पालन गर्दै कानु समाजको अवाजलाई पनि बुलन्द गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

सँघका सल्लाहकार समयोजक अरुण साहले समाजमा भएका विकृतिहरुलाई कलमको माध्यमले अन्त्य गर्नुपर्ने सँघका पदधिकारीहरुलाई सुझाएका थिए ।