बारामा धारिलो हतियार प्रयोगगरि आईतबार राति एक महिलाको हत्या भएको छ ।
महागढीमाई नगरपालिका-१ का बैजनाथ कुश्वाहाकी ४८ बर्षीय श्रीमती कान्ति देवीको अज्ञात समूहले हत्या गरेको बाराका प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो।
महिलाको टाउको र गालामा धारिलो हतियार प्रयोग गरि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
मृतककी छोरा र छोरी पठनपाठन र कामका लागि काठमाडौं बस्दै आएका छन । श्रीमान घरबाट खानाखाएर गाउँमा घुम्न निस्केको बेला घरमा कोही नभएको समयमा अज्ञात समुहले हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर ल्याएर अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।