नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १७१ जना नयाँ संक्रमित थप भएका छन् ।

बितेको २४ घण्टामा ३ हजार ८७८ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ६०२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२७ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ६७ हजार २९२ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २ जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ३३ जना पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार २७७ छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा २० लाख ८५ हजार ५७३ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले २ हजार २७७ जना आइसोलेसन र ९२ जना क्वारेन्टिनमा छन् ।