भारतमा कोरोना भाइरसको महामारीबाट १६२ डाक्टरको मृत्यु भएको छ ।

केन्द्र सरकारले संसद बैठकमा अहिलेसम्म भारतभर १६२ डाक्टरको मृत्यु भएको बताएको हो । त्यसैगरी १०७ नर्स र ४४ आशामा आवद्धहरुको मृत्यु भएको हो । केन्द्रीय स्वास्थ्यमन्त्रीले मंगलबार लिखित तरिकाले यसको जानकारी दिएका हुन् ।यी सबै मृतकहरु कोरोना भाइरसका संक्रमितको उपचारका क्रममा खटिएकाहरु हुन् । भारतमा हालसम्म १ लाख ५४ हजार ६३५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म १ करोड ७ लाख ७८ हजार २०६ जना संक्रमित हुँदा १ लाख ५७ हजार ३५५ जना सक्रिय संक्रमित रहेका छन् ।

Space for Advertisement

Call us

OFFER