कटुवा पेस्तोल र सोमा लागने एक राउण्ड गोली सहित रौतहट बाट एक युवक बिहिवार साझ पक्राउ परेका छन् ।

कटुवा पेस्तोल र गोली सहित पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ४ वस्ने २५ वर्षका दिलिप साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको अधारमा खटिएको प्रहरी गस्ती टोलीले दुर्गाभगवती गाउँपालिका वडा नम्बर ५ झाँजपुलस्थित चेकजाँच गर्ने क्रममा साहलाई पेस्तोल र गोलिसहित पक्राउ गरेको हो ।

बीआर ३० एम ४८४१ नम्बरको भारतीय मोटरसाईकलमा सवार साहले कम्मरमा लुकाइ राखेको अवस्थामा अवस्थामा थ्री फिफटि कटुवा पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ ।

हतियारसहित पक्राउ परेका साहलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।