निर्वाचन आयोगले गरेको कार्यक्रम बहिष्कार गरिएको छ । बाराका बारामा निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रम नेकपाका जिल्ला सदस्य एव वडाध्यक्ष जलाउदिन मसुर द्धारा बहिष्कार गरिएको हो ।

स्थानिय तह अन्र्तगत कलैया उपमहानगरपालिका स्तरीय कार्यक्रम बहिष्कार गरेको वडाध्यक्ष मसुरले बताए । केपीओली सरकारले बिना मौसमको बाजा बजाएकोले यो कार्यक्रमको कुनै औचित्य नरेहेको उनले बताए ।

ओलीको प्रतिगमन पश्चात देशमा कुनै हालमा चुनाव सम्भव नहुने भएकोले निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेका हो ।

चुनावको नाममा राज्यकोे ढुकुटी सिध्याउने, राज्यको ढुकुटीसँग खेलवाड मात्र गर्न खोजिएको उनले आरोप लगाए । वर्तमान परिस्थीतिमा देशमा कानुन सर्वच्च निकाय सवलाई मिचेर केपि ओलिले सविधान मिचेर देशलाई खाडलमा लान खोजेकोले आफुलाई चुनाव मान्य नहुने मसुरले बताए ।

कार्यक्रममा केपि ओलि मुर्दावादको नारा लगाउदै नेकपाका सदस्य मसुर कार्यक्रम बहिष्कार गर्दै बाहिर निस्केका थिए ।