बारामा कुष्ठरोग र हात्तीपाईले रोग निवारण बारे सञ्चारकर्मीसँग एक दिने अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेश २ मा १० हजारमा एक दशमलव ९३ जनामा कुष्ठरोग बिरामी रहेको तथ्याङ्कले बताउँछ । गण्डकी प्रदेशमा सबभन्दा कम ४० प्रतिशत कुण्ठरोगी बिरामी रहेका छन् । नेपालमा तीन हजार ८२ जना कुष्ठरोगीको औषधी सेवन गर्ने जानकारी गराए ।

जनवस्वास्थ्य कार्यलय कलैयाको सभाहलमा आयोजना गरिएको छलफल कार्यक्रममा लुकेर रहेको कुष्ठरोग र हात्तीपाईले रोगलाई समाचारको माध्यमबाट उजागर गरि निर्मुल पार्न सहयोग गर्ने छलफल भएको थियो ।

सरकारले चलाएको अभियान प्रभावकारी नभएकोले नै विगत ६ वर्ष देखि कुष्ठरोग जिल्लामा निवारण गर्न नसकिएको अन्तक्रिया कार्यक्रमको प्रमुख अतिथी पत्रकार महासंघका निर्वतमान उपाध्यक्ष राकेश पाण्डेले जानकारी गराएका छन् ।

क्मि जो सुकैबाट होस चाहे सुपरिवेक्षण गर्ने टिम होस वा जनस्वाथ्य कार्यलयको कमि कमजोरीले नै जिल्लामा एक प्रतिशत भन्दा बढि हात्तीपाईले रोग रहेकोले पनि जिल्ला हाई अर्लटमा रहेको बताए । घर घर आफै पुगि आफनै नेर्तत्वमा औषधी सेवन गराउदा रोगलाई निर्मुल पार्न सकिने उपाध्यक्ष पाण्डेले बताए ।

दि लिपरोसी नेपालको आयोजनामा भएको कार्यक्रममा बारा, पर्सा, रौतहटको कार्यक्रम संयोजक त्रिलोक कुमार मण्डलले मानिसले हरेक किसिमकोे रोग लागे पछि उपचार गराउन अस्पताल आउने गरेका छन् । तर कुण्ठरोग लागेपछि सो रोगलाई लुकाउने गरिएकोले निवारणमा समस्या आएको बताए ।

सञ्चारकर्मीले कुष्ठरोग, हात्तीपाईले रोग लागेपछि समयमै उपचार गराउदा ठिक हुने भएकोले यस्ता सफलताको कथा समाचारको माध्यमबाट उजागर गरिदिने हो भने सो रोगलाई सजिलै निवारण गर्न सकिने मण्डलले बताए ।

कुष्ठरोग लागेकाहरुको लागि निशुल्क उपचार, औषधी खर्च, आवत जावत लाग्ने यातायात खर्च दि लिपरोसी नेपालले उपलब्ध गराउने मयडलले बताए । दि लिपरोसी नेपालको सिमरा स्थित कार्यलयमा सम्पर्क गर्दा ललितपुर स्थित आन्नदवार हस्पिटलमा लगेर उपचार गराईने मण्डलले जानकारी दिए ।

युके एडको सहयोगमा आयोजना गरिएको अन्तक्रियामा सञ्चारकर्मी, जिल्ला जनस्वास्थ्य सरुवा रोगको फोकल पर्सन शंकर गुप्ता, आयोजक संस्थाका गिता न्यौपाने लगायतको सहभागिता रहेको प्रेश युनियन बाराका सचिव साजिर मसुरले जानकारी गराए ।