सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ का दलित महिला सदस्य पनादेवी रामले आफु असुरक्षित रहेको हुदा जीवन रक्षाको माग गरेकी छिन् । कलैयामा सोमवार पत्रकार सम्मेलन गरि यस्तो माग् गरेकी हुन ।

आफुलाई अपहरण शैलीमा कलैया ल्याई डर त्रास देखाएको उनले बताएकी छिन् । उपप्रमुख रिमा देवी कुसवाहा चढने सरकारी ना १ झ १६४४ नम्बरको गाडीमा वडा नम्बर ४ गंगापुर निवासी रामलोचन साह कानु भनिने भलवाले सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुरटेटा स्थित पुर्व गाबिस अध्यक्ष महाबिर साह कानुको घर अगाडीबाट तछाडमछाड गर्दै बलजवरजस्ती गाडीमा बसाएर आफुलाई कलैया ल्याएको उनको कथन रहेको छ । आफु प्रसुतीको कामका लागि टेटा गएको थिए ।

सिम्रौनगढ नगरपालिकाको मेयरको प्रत्यासी उम्म्ेदवार एवम कलैया अस्पताल बिकास समितिको अध्यक्ष किशोरी प्रसाद कलवारको निर्देशनमा रामलोचनले आफुलाई गाडीमा उठाएर ल्याएको वडा सदस्य पनाले भनिन् ।

हामीहरुलाई सिम्रौनगढ नगरपालिकाको मेयर बिजयशंकरलाई फसाएरु जेल हाल्नु छ तिमीले चौथौ नगरसभामा मेयर बिजयशंकर यादवले वलजबरजस्ती डराई धम्काई सही गराएको ब्यान जिल्ला अदालत, सरकारी बकिललाई देउ, तिमीलाई न्या न्या कपडा किनदिन्छु, पैसा दिन्छु भन्दै प्रलोभनमा समेत पारेको थियो पानाले पत्रकार सम्मेलनमा जानकारी गराईन ।

अदालत रोडमा रहेको बेलामा मेरो श्रीमान ढोडा रामले मलाई गद्धार गरेको थियो पानाले बताईन । मलाई कोई कसैले धाक धम्की नदिएको र आफनो राजीखुसी चौथोेौ नगरसभामा हस्ताक्षर गरेको ठोकुवा गरिन् । यहाँ सम्म कि उपप्रमुख रिमा देवी कुसवाहाले उषा पटेललाई पैसा दिएर न्या लुगा किन्न लगाएको तथा उषाको छोरा पिन्टु पटेलले चप्पल किनेर आफुलाई दिएको दलित वडा सदस्य समेत रहेकी पनाले बताएकी थिईन ।

सोहि पत्रकार सम्मेलनमा पानाको श्रीमान ढोडाले आफनो श्रीमतिलाई कलैया लगेको चाल पाएपछि उद्धार गर्न सोचका साथ घरबाट कलैया आउने क्रममा किशोरी प्रसाद कलवारले गाली गलोज गर्दै ज्यान मार्ने धम्की समेत दिएको उनले बताए ।

आफुहरु दलित समुदायका ब्यतिm भएकै कारणले यसरी ईज्जत प्रतिष्ठा माथि पटक पटक आच पुगाईरहेको, ज्यान मार्ने धम्की दिई रहेको, गाली गलोज गरी रहेको हुदा समेत निकै असुरक्षित महसुस हुन थालेको बताउदै ढोडाले जनिवरक्षाका लागि पत्रकार, मानव अधिकारकर्मी र सरोकारवाला निकायहरुसंग अपिल समेत गरेका थिए ।

श्रीमति पना, म लगायत परिवारका सदस्यहरु समेतलाई ज्यान मार्ने धमकी दिनेहरु किशोरी, उपप्रमुख रिमा, ,रामचोलनलाई कानुनी कार्यवाहि गर्न माँग समेत गरे । यस बिषयमा प्रहरी उपरिक्षक दिपेन्द्र शाहीसंग बुझदा घटना बारे अनुसंन्धान भईरहेको बताए ।