बारा र रौतहट मा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बाराको परवानीपुर गाउँपालिका ४, चैनपुरमा गएराति ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ ।

प्रदेश ३ ०३०००१ ख ०००९ नम्बरको ट्रकले पैदल यात्री भारतीय नागरिक चन्दन गुप्तालाई ठक्कर दिँदा गम्भीर भइ उपचारको क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यस्तै रौतहटको यमुनमाई गाउँपालिकामा गएराति ट्याक्टरमा र भ्यान ठोक्किँदा भ्यानको चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको गरुढा नगरपालिका ९ का राजेश कुमार सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ना १ ज ४८९५ नम्बरको भ्यानमा ना। ५ त ९२८३ नम्बरको ट्याक्टर ठोक्किएर उक्त दुर्घटना भएको र घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।