आज अपराह्णसम्म नेपालमा थप २ सय ७० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ७ जनाको मृत्यु भएको छ ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २,६९,४५० जना पुगेको छ । अहिलेसम्म नेपालमा एक चिनियाँ नागरिकसहित २,००१ जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिलेसम्म २,६४,१३७ जना निको भई डिस्चार्ज भएका छन् ।

प्रदेश नं २ र वाग्मती प्रदेशका विभन्नि जिल्लाहरुमा सर्वाधिक सङ्क्रमितको सङ्ख्या अन्यत्रभन्दा बढी छ । सङ्क्रमित र मृतकहरू विभिन्न जिल्लाका हुन् । सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या अधिक छ । काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित फेला परेका छन् । संक्रमितमध्ये झन्डै ६० प्रतिशत उपत्यकाका रहेका छन् ।

नेपालमा संक्रमित भएका मध्ये सक्रिय सङ्क्रमितको सङ्ख्या हालसम्म ३,३१२ जना रहेको छ । अन्यत्रभन्दा उपत्यकामा नै सक्रिय सङ्क्रमितको संख्या बढी छ । विगत २४ चौबीस घण्टामा अवधिमा ४०३ जना सङ्क्रमित रोगमुक्त भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म झन्डै ९७ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएका छन् । हालसम्म काठमाडौंमा सबैभन्दा धेरै संक्रमितहरु रहेका छन् ।