बारामा २० औ सशस्त्र प्रहरी दिवसको अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरिएको छ । पचरौता नगरपालिकामा बेनौली वडा नम्वर ७ स्थित रामजानकी मन्दिरमा सशस्त्र प्रहरीले सरसफाई गरेको हो ।
बोर्डर आउट पोष्ट बेनौलीको सशस्त्र पहरी निरिक्षक सिह विर मल्लले आफनौ अगुवाईमा १६ जनाको टोली सहित मन्दिर प्रङ्गाणको वरिपरि सरफाई गरि २० औ सशस्त्र प्रहरी दिवस मनाएका छन् । सशस्त्र प्रहरी निरिक्षक सहित सवैले झाडु लिएर मन्दिर पुर्ण रुपमा सरसफाई गरेका हुन ।
दशगाजाको रक्षा गर्नुको साथै समाजको रक्षक भएकाले समाजिक कार्य गरेर २० औ सशस्त्र प्रहरी दिवस मनाएको सशस्त्र प्रहरी निरिक्षक मल्लले जानकारी गराए । हाम्रो नजिक भएकोले र मठ मन्दिरमा गाउले सवै आएर पुजा अर्चना गर्ने तथा बेलका बसेर भलाकुसारी गर्ने ठाउ भएकाले पनि मन्दिरलाई सवैको आस्थाको केन्द्रबिन्दु सम्झेर सफाई गर्न लागिपरेको उनले बताए ।
सशस्त्र प्रहरी निरिक्षकको समाजिक कार्यमा सक्रिय सहभागिताले पनि स्थानियवासी खुशी भएका छन् । दशगाजामा सिमाको सुरक्षा गर्नुको साथै समाजमा सहयोगी भावना भएका सुरक्षाकर्मी पाएसँगै स्थानियवासीले पनि सरसफाईमा सक्रिय सहभागिता जनाएका थिए ।