सरकारको सर्वसतावाद, अलोकतान्त्रिक, अप्रातान्त्रिक एवम असंवैधानिक कदमको बिरोधमा बारा जिल्लाको १ सय ६७ सबै वडाहरुमा नेपाली काँग्रेसले बिरोध प्रर्दशन तथा बिरोध सभा सम्पन्न गरेका छन् ।

नेपाली जनताको जनचहना विपरित संविधानमा नभएको ऐनलाई टेकी प्रधानमन्त्रि केपीशर्मा ओलीले संसद बिघटन गरि अधिनायकवादको शैलीमा देशलाई लान खाजेको आरोप नेताहरुले सम्बोधनको क्रममा बताएका हुन ।

न्यालय, संवैधानिक आयोगहरु, प्रहरी, नेपाली सेनालाई समेत आफनो हातमा लिई लोकतन्त्रलाई नै धराप पार्ने रणनितीका साथ ओली लागीरहेको भन्दै आन्दोलनको आधी बेहेरीबाट नै उनको कदमलाई प्रास्त गर्ने कुरामा नेताहरुले जोड दिएका थिए ।

संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विधीको शासन कायम गर्ने, हत्या हिंसा, बलात्कार, अपहरण भष्टाचार बन्द गर्नेका लागिपनि ससद जिवित गर्नेका लागि सबै राजनितक शतिmहरु ओलीको बिरोधमा एकजुट भई कडा आन्दोलन गर्नुपर्ने नेताहरुको सुझाव रहेको थियो ।

कलैया उपमहानगरपालिका वडा नम्बर १० मा पार्टीका केन्द्रिय सदस्य फरमुल्लाह मंसुर, पुर्व मन्त्रि कलावती पासवान, पार्टी सभापति जयचन्द्र चौरसिया, सिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा संविधान सभाका सदस्य डा. शोभाकर पराजुली, सिम्रौनगढ नगरपालिका वडा नम्बर २ मा पार्टीका जिल्ला कोषाअध्यक्ष चन्द्रशेखर यादव, बारा निर्वाचन क्षेत्र नम्बर १ का सभापति बिजयशकर यादव वडा नम्बर ९ मा, महासमिति सदस्य उपेन्द्र जसवाल, बुथ सभापति सुरेन्द्र जसवाल सिम्रौनगढ नगरपालिका वडा नम्बर ११ मा, बारागढी गाँउपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसका पुर्व जिल्ला सदस्य श्रीचन्द्र साह, सिकेन्द्र पासवान लगायतकाले सम्बोधन गरेका थिए ।