बारामा अवैध कुखुरा बरामद गरिएको छ । पचरौता नगरपालिकाको बेनौलीमा अवस्थित बोर्डर आउट पोष्टबाट खटेको सशस्त्र प्रहरी बलले कुखुरा बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा खेतकोे बाटो भई लुकी छिपि ल्याउदै गरेको अवैध कुखुरा बरामद गरिएको हो । सशस्त्र प्रहरी निरिक्षक सिहविर मल्लको नेतृत्वमा खेटेको गस्ती टोलीलाई हेरेर बाटो मै अवैध कुखुरा फालेर छिमेकी मुलुक भारत छिरेका थिए ।
साईकलमा लोड गरेर करिव ६० केजी बराबरको अवैध कुखुरा ल्याएईरहेको अवस्थामा नियन्त्रणमा लिएको मल्लले बताए । सो अवैध कुखुरालाई नष्ट गरिएको छ ।
खुल्ला बोर्डर भएको कारणले चोरबाटो भएर पनि लुकीछिपि तस्करी गरेको पाए पछि आफु स्वयम आफनै नेतृत्वमा मोटरसाईकलले गस्ती गरेको । सशस्त्र प्रहरी निरिक्षक मल्लले बताएका छन् । कुहिरो लागेकोले तस्करीमा केहि अप्ठयारो भएता पति आफु एक सिन्को पनि तस्करी हुन नदिने उनले बताए ।
मेरै नेतृत्वमा ठुलो हुण्डी कारोवारीका ठुलै रकम नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि पठाएको मल्लले बताए । केहि महिना पहिला मात्रै बिओपि स्थापना भएकोले गाउलेको सक्रिय सहयोग समेत रहेको उनले बताए । आफु कुनै पनि किसिमको गलत प्रवृत्तिमा नरहेने र आफना मातहतकालाई पनि सोहि अनुरुप परिचालन गरेको समेत बताए ।