Edit

सामाजिक संजाल WHATSAPP, IMO बाट चिठा परेको भन्दै ठगी गर्ने गिरोहका एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा प्रसौनी गाउपालिका वडा नं.४ बंजरिया टोल बस्ने गोरख महतो धानुकको छोरा वर्ष २७ को भोला महतो रहेको प्रहरीले जनाएको छ ।
बाराको महागढीमाई न.पा.वडा नं.३ बस्ने दिपेन्द्र प्रसाद जयसवाललाई फोन गरी तपाईलाई रू.२५ लाखको चिठ्ठा परेको छ उक्त रकम प्राप्त गर्न अग्रिम रू.एक लाख ७५ हजार जम्मा गर्नुपर्छ भनी बिभिन्न प्रलोभन दिई देखाई उक्त रकम ठगी गरी महतो फरार रहेको थियो । ठगी गिरोहमा संलग्न रहेको महतोलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका महतोलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर ठगी मुद्दा शीर्षकमा जिल्ला अदालतबाट पहिलो पटक दिन सात को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी गराएका छन् ।

Space for Advertisement

Call us

OFFER