भारतले नेपाललाई अनुदानमा १० लाख डोज कोरोनाविरूद्धको खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतले १० लाख डोज उपलब्ध गराएको घोषणा गरेको हो । भारतले अनुदानमा दिएको खोप भोलि नै काठमाडौंमा अवतरण हुनेछ ।

प्राप्त खोप सफाइकर्मी, स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर वितरण गरिने जनाइएको छ ।

प्रथम चरणको यो खोपले नेपालमा अग्रपंक्तिमा खटिने योद्वाहरुलाई कोरोनाविरूद्ध लड्न मद्दत पुर्‍याउने नेपालका भारतीय राजदूत विनय मोहन क्वात्राले बताए । बाँकीका लागि दोस्रो चरणमा खरिद प्रक्रिया अघि बढाइने जनाइएको छ ।