लेनदेन मुद्दाका फरार एक जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जिल्लाको पञ्चरौता नगरपालिका वडा नम्बर २ बस्ने राजेश्वर दास तत्मा रहेका छन् ।

तत्मालाई बारा जिल्ला अदालतको फैसला आदेशले लेनदेन मुद्दामा १ वर्ष कैद ठहर गरेको थियो । तर उनि अदालतको फैसला पश्चात फरार रहेका थिए ।

तत्मालाई प्रहरी चौकी श्रीनगर बैरिया बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको बाराका प्रहरी प्रबक्ता गौतम मिश्रले जानकारी दिए ।

पक्राउ परेका उनलाई जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको मिश्रले बताए ।