कोभिड-१९ महामारीका कारण बन्द गरिएको सीमानाका खुलाउनुपर्ने भन्दै आन्दोलन थालिएको छ।

बारा, पर्सा र रौतहटमा समाजवादीका नेताकार्यकर्ताहरू सीमानाकामा गएर प्रदर्शन गर्दै आएका छन्।

महामारी फैलिएपछि गत चैतदेखि नेपाल-भारत सीमानाका बन्द छ।

सीमानाका बन्द हुँदा सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको पर्सामा आन्दोलनकाे नेतृत्व गरिरहेका प्रदीप यादवले बताए।

बन्द रहेको सीमानाका खोल्नुपर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समिति गत मंसिर २१ गतेदेखि आन्दोलनरत छ।

सरकारले आफूहरूको माग सम्बोधन नगरे आन्दोलनलाई अझ कडा बनाउने प्रदर्शनकारीहरूले चेतावनीसमेत दिएका छन्।