श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । तीन वर्षदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो ।

रौतहट प्रहरीको परिपत्र अनुसार उनीहरुको काठमाडौंमा खोजी भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा उत्रिएका उखु किसानसँग गतवर्ष सरकारले गरेको सम्झौताअनुसार भुक्तानी नपाएको भन्दै अहिले पनि किसान आन्दोलनमा छन् । श्रीराम सुगर मिलले किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।