बारामा वडाध्यक्षद्धारा मस्जिदको शिलान्यास गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष जलाउदिन मसुरद्धारा एक कार्यक्रमको बिच मस्जिद शिलान्यास गरेका हुन ।

बैधानथपुरमा मस्जिदको निमार्णको लागि वडाध्यक्ष मसुरले शिलान्यास गरे । गाउवासीको भव्य उपस्थितको बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

वडाध्यक्ष मसुरले मुस्लिम समुदाय वर्गको लागि आफनो धर्मको मस्जिद निर्माणबाट धैरै हर्षित भएको बताए । टोलावासीहरु अव आफुहरु पनि आफनो कुरान पढन टाढा टाढाको मस्जिदमा जाने समस्या अन्तय भएको देखेर खुशी भएका छन् ।

स्थानियहरुको सक्रिय सहभागिताबाट निमार्ण भइरहेको मस्जिद देखेर अत्यन्तै खुशी भएको वडाध्यक्ष बताउछन । आफुबाट हुने जुनसुकै सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।