कोरोना जोखिम भताको माँग गर्दै कलैया अस्पतालका कर्मचारीहरु मंगलबार देखि अस्पताल परिसरमा धर्ना शुरु गरेका छन् ।

आफनो ज्यानलाई प्रवाह नगरी नागरिको जीव ज्यानको सुरक्षाका लागि रातदिन खटेर काम गरेको भएपनि ११ महिना बिती सक्दापनि कोरोना जोखिम भता सरकारले उपलब्ध नगराएको भन्दै आफुहरु आन्दोलन गर्न बाध्य भएको संर्घष समितिका अध्यक्ष डा. हरिओम प्रसाद केसरीले जानकारी दिए ।

आर्थिक बर्ष २०७६/७७ सालको चैत्र देखि असार मसान्तको मात्र १ सय ५ जना सरकारी, बिकास समितिका कर्मचारीलाई करिब ८० लाख भता लिनुपर्ने भएको हुदा पटक पटक सरोकारवालाहरु निकायसंग लिखित तथा मौखित अनुरोध गर्दा समेत वस्ता नगरेका हुदा मजबुरीमा सेवा ठप्प गरि आन्दोलनमा होमिनु परेको संर्घष समितिका प्रवतm डा. रबिरोशन गुप्ताले भने ।

आठौ तहका ८ जना डाक्टरहरुलाई मात्र २ लाख भन्दाको दरले सो कोरोना जोखिम भता लिनुपर्ने छ डां गुप्ताले बताए ।

आर्थिक बर्ष २०७७/७८ को श्रावन देखि कार्तिक सम्मको हिसाव किताव नै नभएको हुदा त्यो कति हुने हो ल्याव फाटका ईन्चार्ज फुलमहम्द जानकारी गराए ।

प्रसुती सेवा, इमरजेन्सी, एआबी फाट( कुकुरले टोकेको सर्पले टोकेको सुइ,फार्मेसीफाट बाहेका अन्य सेवाहरु जस्तै ओपिडी, एक्सरे, ल्याव पुर्णरुपमा बन्द गरिएको छ ।

सेवाहरु बन्द हुदा सेवाग्राहीहरु मर्कामा परेको हुन । छाती दुखेर कलैया अस्पतालमा सदरमुकाम भन्दा करिब २२ किलो मिटर टाढा पतरौताबाट आएकी देवकली देवी कानुले रितै हात फर्कने बाध्य भएकी थिईन ।

गरिब परिवारकी ती महिलालाई पैसाको अभावका कारणले उपचार पनि नगरी घर र्फकिन्छु भनिन् । ती महिला त उदाहरण मात्र हो त्यसता कयौ बिरामीहरु कलैया अस्पतालमा आएर बिना उपचार फर्किरहेका छन् । प्रशासन, लेखा, काउन्टर, फार्मेसी, स्टोरका कर्मचारी एवम डाक्टरहरुलाई १ सय प्रतिशत देखि ७५, ५० प्रतिशत कोरोना जोखिम भता सरकारले दिनुपर्ने डा. ओमप्रकाश कुसवाहाले जानकारी गराए ।

यस बिषय कलैया अस्पतालका मेसु डा. सुनिल कुसवाहासंग बुझदा प्रदेश सरकारले कोरोना जोखि भता नपठाएको हुदा समस्या सृजना भएको बताउदै बर्ता र झलफल गरि निकास निकाल्नका लागि आन्दोलनरतm पक्षलाई आग्रह गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दिपक नेपालसंग बुझदा जिल्ला प्रशासनको ध्यान आर्कषन भएको भन्दै जोखिम भता उपलब्ध गराउन समाजिक बिकास मन्त्रालयलाई जानकारी गराई अस्पतालका मेसुलाई सेवा सुचारुका लागि पहल गर्ने निर्देशन दिई सकेको बताए ।

प्रदेश २ का स्वास्थ्य निर्देशक बिजय कुमार झाले समाजिक बिकास मन्त्रालयबाट संघिय मन्त्रालयमा भुतmानीका सिफारिस गरिदिएको हुदा चाडै सो जोखिभता पाउने बताए ।