बाराको कोल्हबीमा शनिबार साझ मोटरसाइकल दुर्घटना हुँदा तीन मजदुर घाइते भएका छन् । तामागढीबाट कोल्हबी तर्फ जादै गरेको ना ३७ प ७७७८ ले सडकमा काम गरी रहेका मजदुरलाई ठक्कर दिई दुर्घटना भएको हो ।

कोल्हबी ११ रमपुर्वा निवासी २३ बर्षिय मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाईते हुनेहरुमा सर्लाही बरथवा घर भई सडकमा पिच गर्ने काम गरी रहेका लालु महतो , रन्जित दास, कपिल महतो रहेका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।