पर्साको विरगंजबाट सञ्चालित बीरगंजसिटी डट कमलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी थप कारवाही अगाढि बढाउने भएको छ ।
तथ्यहिन समाचार प्रकाशित गरेको भेटिएपछि काउन्सिलले समाचार सच्याउन निर्देशन गरेको र काउन्सिलको निर्देशनको पालना नगरेकोले निखिल वर्नलावद्धारा सञ्चालित डटकम कारवाहिमा परेको हो ।
डटकमले ०७७ जेठ २९ गते इसीमाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेका बिरुद्ध तथ्यहिन समाचार प्रकाशित गरेको थियोे ।
व्यक्तिगत आचरणलाई बदनाम गर्न खोज्ने डटकमको प्रकाशित समाचारलाई खण्डन गर्न अपिल गरेपनि सुनवाई नगरेकोले सोको विरुद्ध काउन्सिलमा उजुरी गरेको लामिछानेले जानकारी दिएका छन् ।
डटकममा प्रकाशित समाचार सन्तुलनरहित, पेशागत मर्यादा, बिपरित, भेदभावपूर्ण एवं अविश्वसनीय देखिएको भन्दै काउन्सिलले क्षमा माग्न निर्देशन दिएको थियो । काउन्सिलको निर्देशन नमानेपछि सो डटकमलाई कालो सुचिमा राख्ने त्यसलाई संचारमाध्यम मार्फत सार्वजनीक गर्ने निर्णय गरेको छ ।

सम्पादक लामिछानेले काउन्सिलको निर्णयले आफूलाई न्याय मिलेको बताएका छन् । पत्रकारिताको आधारभूत सिद्धान्तको पालना गर्ने धर्मबाट बिचलित हुनेहरु ढिलो चाडो दण्डको दायरामा आउने कुरा कारवाहीले देखाएको उनले बताए ।
बीरगंजसिटीका बिरुद्ध धारा प्रवाह लेखेर काउन्टर दिन सक्ने अवस्था थियो सम्पादक लामिछानेले भन्नु भयो “संचारकर्मको मर्म नबुझ्ने एउटा अनलाइनले मलाई जे आरोप लगाएको थियो त्यो आरोपका बिषयमा न्यायीक निकायले नै फैसला गरोस भनेर उसका बिरुद्ध केही लेखिएन न्यायीक बाहेक अन्य कुनै प्रतिकार गरिएन ”।
सम्पादक लामिछानेले ब्यक्तिगत कुरा लेखेर इज्जत प्रतिष्ठासंग खेल्ने हो भने दिनको एउटा समाचार लेख्न सकिने बताउदै संयता र धर्यताको धेरै परिक्षण नलिन समेत उहाँले सचेत गराउनु भएको छ ।
बीरगंज सिटी डटकमका सम्पादक प्रकाशक निखिल बर्नवाल बिघठीत संसदका सदस्य प्रदीप यादवका स्वकीय सचिव हुन । बिधि निर्माणको ठाउमा रहेका ब्यक्तिको सहयोगीले कानूनको पालना नगरि न्यायीक निकायको निर्देशनको अवज्ञा गर्नुलाई भने अराजक हर्कतको रुपमा हेर्न थालिएको छ ।
राजनितिक आवरणमा रहेका वर्णवाल केहि समय पहिला चर्चित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यलयमा तोडफोड गरेको आरोपमा प्रहरीमा मुद्धा पनि परेको थियो । उनि विवादित रहदै आएका छन्

Space for Advertisement

Call us

OFFER