नेपालमा गत २४ घण्टामा ५३४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज ६ हजारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।

हालसम्म नेपालमा १९ लाख ३२ हजार ४७७ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। केही दिनयता नेपालमा पिसिआर परीक्षणको सङ्ख्या उल्लेख्य रूपमा घटेको छ।

गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले ९ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,८५६ जनाले ज्यान गुमाइसकेका छन्।