शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार २ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ७ सय निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२८० रहेको महासंघले जनाएको छ ।