बारामा किर्ते हस्ताक्षर गरि १२ करोड खर्च गरिएको आरोप लगाइएको छ । सिम्रौनगढ नगरपालिकाले कार्यपालिका सदस्यको किर्ते हस्ताक्षर गरि १२ करोड रुपैया कार्यपालिकाको नियम विपरिति खर्च गरेको पत्रकार सम्मेलन गरि जानकारी गराईएको छ ।

कलैयामा पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष राजेश प्रसाद यादवले नगरपालिकाको नगरप्रमुख विजयशंकर यादव निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिओम प्रसाद जैयसवाल र लेखा अधिकृत सुरेन्द्र प्रसाद चौधरीले आर्थिक वर्ष ०७६/०७८ मा कार्यपालिका सदस्यको किर्ते हस्ताक्षर गरि नियम विपरित १२ करोड रकम खर्च गरेको बताएका छन् ।

नगरसभा सदस्यहरु कपिलदेव साह, श्रीपति देवि, पन्नादेवि दुसादिन, रम्भा देवि र रमावति देविको नगरप्रमुख यादवले किर्ते हस्ताक्षर गरि १२ करोड रकम खर्च गरेको उनिहरुले आरोप लगाएको छन् ।

नगरपालिकाको पाँच जना को किर्ते हस्ताक्षर मुद्धा परेकोले हामी अनुसन्धानको लागि प्रयोगशालामा पठाएको प्रहरी उपरिक्षक केष्ण पंगेनीले जानकारी गराएका छन् । रिपोर्ट आएपछि मात्र एकिन गर्न सकिन्छ हरुताक्षर किर्ते हो कि सहि हो उनले बताए ।