बारामा जनता समाजवार्टी पार्टीले सरकार विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । संसद विघटन असंवैधानिक भएकाले प्रतिनिधि सभा विघटन खारेज हुनु पर्ने माँग सहित नाराबाजी गर्दै शनिवार पार्टी कार्यलय कलैयाबाट निस्केको मसाल सहितको रैली नगरको परिक्रममा गरेको थियो ।
सरकार विरुद्ध नाराबाजी गर्दै शहिद चौकमा मसाल सहित पुगेको प्रदर्शनकारीलाई प्रहरीले हस्तक्षेप समेत गरेको थियो । प्रहरीले विरोधको कार्यक्रममा े बलिरहेको मसाल निभाई हरुतक्षेप गर्दा मुख्य चौकमा केहि बेर तनावको स्थिती सृजना भएको जसपाका युवा नेता पिंकी यादवले जानकारी गराईन ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसंँगै जसपाले बुधवार देखि आन्दोलनको विभिन्न विरोधको कार्यक्रम गर्दै आएको छ । सरकार विरुद्ध आईतवार विशाल सभाको आयोजना गरिने जसपा नेता सरफुल्लाह अंसारीले बताए ।
विरोधको कार्यक्रममा जसपा नेता तथा प्रदेस सभा सदस्य पारस साह, ,संविधान सभा सदस्य प्रमोध गुप्ता, , जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिँह, जसपा जिल्ला अध्यक्ष अजय पटेल, जसपा नेता जयप्रकाश साह, रामकिशोर यादव, सुशील यादव, शशि केसरी ,श्याम गुप्ता, सुवर्ण गाँउपािलका अध्यक्ष महेन्द्र यादव, युवा नेता पिंकी यादव, सरफुल्लाह अंसारी, सुजित पाण्डेय, ब्रेट ली लगायत जनता समाजबादी पार्टीको झण्डा सहित सैयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।