६७ सालमा सुकुम्बासी आयोगलले बितरण गरेको बारा जिल्ला स्थित पथलैयाको नक्सा नापी कार्यालयले हराएको भन्दै पथलैया बासीले स्थानीय सरकारको बिरुद्धमा बिरोध प्रदर्शन गरेका छन् ।

स्थानीय सरकारको कमजोरीका कारण नापी कार्यालय सिमरा, बाराले पथलैयाको नक्सा गाएब गरेको भन्दै स्थानीय बासीले स्थानीय सरकारको बिरुद्धमा बिरोध प्रदर्शन गरेका हुन् ।

पथलैयाका स्थानीयहरुले ए सरकार नक्सा दे, लालपुर्जा दे राजस्बलि, स्थानीय सरकार काहाँ छ ? जस्ता नारा र प्ले कार्ड सहिँत नक्सा र लालपुर्जाको माँग गर्दै स्थानीय सरकारको बिरोध गरेका हुन् ।

आन्दोलनमा सहभागी स्थानीय उद्धब राईले पथलैयाको हराएको नक्सा खोजी गर्न स्थानीय सरकार उदासी नबने पछि आन्दोलनमा उत्रनु परेको बताएका छन् । उनले आफुहरु राजश्व तिर्न तैयार रहेको तर, राज्य मौंन भएर बसेको प्रति आक्रोश व्यक्त गरे ।

आफुहरुसँग ६७ सालमा सुकुम्बासी आयोगलले बितरण गरेको पुर्जा भए पनि त्यसको कुनै काम नभए पछि व्यवसाय व्यापार गर्न देखि अन्य बैंकिङ्ग कारोवार गर्न समेत समस्या भई रहेको अर्का स्थानीय दिपक कार्कीको भनाई रहेको छ ।

उनले पथलैयाको जग्गाको लालपुर्जालाई चलनचल्तीमा ल्याएर राजश्व उठाउनुको सट्टा स्थानीय सरकार कानमा तेल हालेर सुतेले यहाँका स्थानीयहरु बाध्यताले बिरोध गर्नु परेको जानकारी दिएका छन् ।

करिब सात सय ५० घरधुरी रहेको यस क्षेत्रमा जीतपुरसिमरा उपमहानगरकासँग पथलैयाका स्थानीयले हराएको नक्सा खोजी गरी दिन पटक पटक आग्रह गर्दा पनि बेवास्था गरेको भन्दै समय मैं समस्या साधान नभए चरण बद्ध रुपमा आन्दोलनमा जाने बताएका छन् ।