जनता समाजवादी पार्टी बाराले सरकारको पुतला दहन गरेका छन् । संसद विघटन गरेको विरोधमा कलैयाको भरतचौकमा शुक्रवार प्रधानमन्त्री र राष्ट्रपतीको पुतला दहन गरेका हुन ।
श्री ३ च्रन्द्र माविबाट निस्केको रैली सरकार विरुद्ध नाराबाजी गर्दै बजारको परिक्रम गरि मुख्य चौकमा आएर पुतला दहन गरेका थिए ।
पुतला दहन गर्ने क्रममा प्रहरीले हस्तेक्षप गर्दा समाजबादी युवा संघ को जिल्ला उपाध्यक्ष शशी दास(ब्रेट्ली) गम्भिर घाइते भएका छन् । पुतलामा लागि सकेको आगोले उनको बाया हात जलेको छ ।
सरकार विरोध कार्यक्रममा पुर्व संसद प्रमोद गुप्ता, पंकी यादव, पवन ब्याहुत, प्रसौनी गाउपालिका अध्यक्ष भोला गुप्ता, जयप्रकाश साह, श्याम गुप्ता, वडाध्यक्ष आन्नद कुमार गुप्ता, सरफुल्लाह अंसारी,युवा विधार्थी सुजित पाण्डे लगायत जसपा नेताहरुको सहभागिता रहेको थियो ।