ट्याक्टरको ठक्करबाट गम्भिर घाईते भएका बाराका एक बालकको ज्यान गएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१९ बस्ने सदाम देवानको १ वर्षीय छोरा समिरको मृत्यु भएको हो ।

इनर्वासिरा गाउँबाट इनर्वासिरा बजार तर्फ जाँदै गरेको लु.२.त.२२४६ नम्बरको टेक्टरले उनलाई ठक्कर दिएको थियो । घाईते भएका समिरलाई उपचारका लागि नेशनल मेडिकल कलेज बिरगंज लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

Space for Advertisement

Call us

OFFER