डिभिजन वन कार्यालय बाराले ठुलो मात्रामा सालको काठ र काठ लोड गरिएको पिकअप भ्यानसहित एक जनालाई पक्राउ गरेको छ ।

बाराको निजगढ नगरपालिका भरतगञ्ज सिंगौलबाट निजगढ तर्फ आउँदै गरेको पीकअप भ्यानलाई डिभिजन वन कार्यालयबात खटेका कर्मचारीहरुले बुधबार राति चेकजाँच गर्दा तस्करी गरिरहेको अवस्थामा ठूलो मात्रामा सालको चिरान काठ बरमाद गरेको हो ।

बुधबार राति करिब पौने ९ बजेको करिबमा ना ५ च १४८८ नम्बरको पिकअप भ्यानबाट ८३ थान सालको चिरान काठ बरामद गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

काठ तस्करी गरिरहेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय धर्मराज चौलागाईं रहेको डिभिजन वन कार्यालय बाराले जनकारी दिएको छ ।

भ्यानमा रहेका अर्का एक काठ तस्कर भने फरार रहेका छन् । उनको खोजी भइरहेको वन कार्यालय बाराका प्रमुख एवम् डिएफओ मन्जुर अहमदले बताए ।

नियन्त्रणमा लिएको चिरान काठ ६४.०४ क्यूफिट रहेको र हालको बजार मूल्य अनुसार ३ लाख रुपैयाँभन्दा बढीको रहेको वन कार्यालय बाराले जनाएको छ ।